गृहमन्त्री थापाको अभिव्यक्तिप्रति कलाकार ऋचा शर्माको आपत्ति

कलाकार ऋचा शर्माले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् ।

गृहमन्त्री थापाले हालै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ बताएका थिए । थापाको यो अभिव्यक्तिलाई लिएर कलाकार शर्माले सामाजिक सञ्जालमार्फत असहमति प्रकट गरेकी हुन् ।

शर्माले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको बताएकी छिन् ।

ऋचाले इतिहासमा यसबारेमा लेखाजोखा हुने पनि उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः

१. यस्तो बेला बला’त्कार भैरहन्छ – भूकम्पपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम

२. बला’त्कार पुँजीवादीले गराएको हो –निर्मला ह’त्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा

३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोइ गर्छन् – रामनारायण बिडारी ।

४. दिनमा ७ जति मात्रै ब’लात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – गृहमन्त्री रामबहादुर थापा ।’

याद राख्नुहोला यी नामहरू इतिहासमा लेखाजोखा हुनेछ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com