१३० पटक भन्दा बढि र’क्तदान र हजारौंका लागि बेड मिलाउने राजाराम बेड नपाएर मृ’त्यु

१३० पटक बढि र’क्तदान गरेर सयौको जीवन दानदिनुभयो। २०–२५वर्ष देखि त्रिविवि शिक्षण अस्पतालमा लेखापालकारुपमा कार्य गर्दा साथीभाइको मात्र होइन गरिब र असाहयको उपचारमा संधै सक्रिय हुनुभयो।

तलवभत्ता पनि दिनदुखीको उपचारमा सहयोग गर्ने तपाईले नै त्रिविवि शिक्षण अस्पतालमा ८/८ घण्टा र अन्यत्रको अस्पतालमा पनि आइसियू र भेन्टिलेटर नपाएर देह त्याग गर्न बाध्य भएको सुन्दा धेरै दुख लागेको छ। हार्दिक श्रद्धाञ्जली प्रिय दाइ !’

धादिङका व्यवसायी प्रकाशकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। श्रेष्ठका लागि मात्र होइन धादिङ, त्यस आसपासका लागि मात्र होइन त्रिविवि शिक्षण अस्पतालमा उपचारका लागि पुगेका जो कोहीलाई पनि सहयोगका लागि सक्रिय हुने नाम थियो राजाराम इटनी।
स्वास्थ्य उपचारका लागि आम जनताको भरोसाको केन्द्र त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमै लेखा अधिकृतमा कार्यरत इटनीले भने आफु कार्यरत अस्पतालमा उपचार नपाएर ज्यान गुमाउनु पर्‍यो भन्दा सायद कसैले पत्याउला। तर, सोमबार राती भयो त्यस्तै।

२५ वर्ष देखि त्रिविवि शिक्षण अस्पतालमा साथीभाइ र अफ्ठेरोमा परेकाहरूको उपचारमा सहयोगी बन्दै आएका राजाराम इटनी आफैले भने उपचारका लागि बेड पाएनन्। त्रिविवि शिक्षण अस्पतालको आर्थिक प्रशासनमा (हाल लेखा अधिकृत) कार्यरत भएपनि आफ्नो गृहजिल्ला धादिङका लागि मात्र होइन अफ्ठेरो पर्‍यो भनेर सम्झने जो कोहीलाई सहयोग गर्ने इटनीका लागि सोमबार राती सोही अस्पतालमा बेड मिलाइदिने कोही भएन।

श्वासप्रश्वासमा समस्या भएपछि राती इर्मजेन्सी सेवा लिन इटनी अस्पताल पुगे। शरिरमा अक्सिजनको लबेल ४५ भन्दा कम र वेहोस् अवस्थामा उपचारका लागि अस्पताल पुगेका उनलाई भेन्टिलेटरसहितको आइसियू चाहिने चिकित्सकहरूले बताए।

तर, अस्पतालमा भेन्टिलेटरसहितको आइसियू खाली नभएको डिउटीमा रहेका चिकित्सकले जानकारी दिए। इटनीको विग्रदो स्वास्थ्य अवस्था र चिकित्सकले पनि भेन्टिलेटरसहितको आइसियूको व्यवस्था गर्न सुझाएपछि उनका आफन्तले उनलाई राती नै करुणा अस्पताल पु-याए। जबकी कोरोना भाइरसको संक्रमितका लागि उपचारका लागि छुट्याइको कोभिट वाड र जनरलतर्फ पनि एक/एक भेन्टिलेटरसहितको आइसीयू अस्पतालमै खाली थियो।

त्रिपुरासुन्दरी –२ धादिङ स्थायी घर भएका इटनी उपचारका लागि राती अस्पताल आएपनि थप उपचारका लागि आइसियू अभावले बाहिर पठाएको डिउटी अफिसरले बिहान ब्रिफिङ गरे। तर, आइसियू इन्चार्ज डा. सुवास आचार्यले कोभिट र ननकोभिट दुबैतिर एकएक भेन्टिलेटरसहितको आइसियू खाली रहेको जानकारी गराएका थिए।

त्यसपछि अस्पताल प्रशासनले इटनीको उपचार शिक्षण अस्पतालमै गराउनेगरी आर्थिक प्रशासनका प्रमुख लेखाअधिकृतलाई लिन करुणा अस्पताल पठाएका थिए। जुन बेला ५४ वर्षे इटनीको भेन्टिलेटरसहितको आइसीयू खोज्दाखोज्दै उपचारमा ढिलो हुँदा मंगलबार बिहान करुणा अस्पतालमा निधन भइसकेको थियो।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com