अनेरास्वबियू जाजरकोटमा लफडा, सचिव रामचन्द्र घर्तीको नेतृत्वमा असहमती पत्र पेश
जाजरकोट, मुख्यमन्त्री महेन्द्र बहादुर शाही बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेपछी तरंगीत बनेको कर्णाली प्रदेशको जाजरकोटमा सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियूमा पनि भाँडमैलो मच्चीएको छ ।
अनेरास्वबियू जाजरकोटका सचिव रामचन्द्र घर्ती र केन्द्रीय निर्वाचन आयोग सदस्य शेखर बोहोराद्धारा हसताक्षरित असहमती पत्रमा होटेलको बन्द कोठामा स्वार्थ समुहको गुटगत बैठक गरि केही ठेकेदार कर्मचारी, बिमा संस्थानका बिमकहरु र बिद्यार्थी आन्दोलनबाट पलायन भैसकेका ब्यक्तिहरुलाई आँफुखुसी जिम्मेवारी तोकिएको आरोप लगाईएको छ ।
अनेरास्वबियू केन्द्रीय कमीटीलाई सम्बोधन गर्दै लेखिएको असहमती पत्रमा अबैधानीक र अबैज्ञानीक ढंगबाट गठन गरिएको उक्त कमिटीलाई यथाशिघ्र खारेज गर्न समेत माग गरिएको छ । साबिकको ३२ सदस्यिय अनेरास्वबियू जिल्ला कमिटी सदस्यमध्ये २० जना सदस्यहरुले असन्तुष्टी जनाउँदै केन्द्रीय कमीटीलाई पत्र लेखेका हुन ।
नेकपा जाजरकोटका केही जिल्ला नेताहरुको उपस्थितीमा हालै अनेरास्वबियू जाजरकोटको पुर्नगठन गरिएको थियो । तात्कालीन नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच पार्टी एकता गरिएको लामो समय भएतापनि पार्टी एकताका केही कामहरु टुङग्याउन बाँकी रहेको छ ।
बिज्ञप्ति