मुख्यमन्त्री पौडेलद्वारा द्रुतमार्गको अवलोकन

वाग्मती, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज निजगढ काठमाडौँ द्रुतमार्ग अन्तर्गतको बुदुने खण्डको अवलोकन गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को अवलोकनका लागि उहाँ आज मकवानपुरगढी गाउँपालिकाको बुदुने पुग्नुभएको हो ।

“तराईलाई सोझै छोटो मार्गद्वारा काठमाडौँ जोड्ने यो परियोजनाले वाग्मती प्रदेशसहित देशको यातायात क्षेत्रमा ठूलो महत्व राख्दछ”, उहाँले भन्नुभएको छ । त्यस क्रममा मुख्यमन्त्री पौडेलले हेटौँडा १८ नम्बर वडामा व्यक्तिगत र सामुहिकरुपमा लगाइएको मेवा खेतीको पनि अवलोकन गर्नुभएको थियो ।

कृषिमा लाग्ने किसानका लागि मेवा खेती अनुकरणीय रहेको उहाँको भनाइ छ । आज नै हेटौंडा निर्माणाधिन गौरीटार रंगशालाको फुटबल मैदान, कोरोना सङ्क्रमण भएकालाई उपचार गर्न बनाइएको आइसोलेसन कक्ष र हेटौंडा बहुप्राविधिक महाविद्यालय निर्माण स्थलमा उहाँले जानकारी दिनुभएको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com