चीनले सिध्याउने भो; नेपालको जिम्मा तत्काल भारतलाई लगाउँ :सरिता गिरि

सरिता गिरीले विज्ञप्ति निकालेर चीनको विरोध गरेकी छन्। शुक्रबार हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेकाे नेपाली टाेलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास गरेको विषय बारे प्रतिक्रिया जनाउँदै गिरीले चिनिया सरकारको आ-क्रमणकारी नीतिको विरोध गरेकी हुन्।

चीनले नेपाली भूमि अतिक्रमण गर्ने नीति लिएको आरोप लगाएकी छन्। सगरमाथामा चीनले अधिपत्य जमाएको समाचार विभिन्न संचार माध्यममा आउँदा पनि सरकार चुप बसेको आरोप पनि उनले लगाएकी छन्। सरकारले उत्तरी सीमानाको रक्षा गर्न नसकेको आरोप पनि लगाएकी छन्।

गिरीले विज्ञप्ति जारी गर्दै भनिन्

१. यही अषोझ २३, २०७७ मा विभिन्न संचार माध्यम मा आएका खबर अनुसार नेपाल चीन सीमाना मा रहेका सीमा स्तम्भ को अनुगमन गर्न गएको नेपाली टोली ५,६,७ र ८ को अनुगमन गरी ९ नम्बर को सीमास्तम्भ नजीक पुगे पछि चिनिया सुरक्षाकर्मीले नेपाली भूभागमा प्रवेश गरी अनुगमन टोली माथि अश्रु ग्यास प्र-हार गरेका छन र उक्त आ-क्रमणमा नाम्खा गाँवपलिकाको उपाध्यक्ष पेमा लाम्बा सामान्य घाइते पनि हुनु भएको छ।

चिनिया सरकार को यस्तो आ-क्रमणकारी नीतिको हामी घोर विरोध गर्दछौं। साथै यस घटना बारे सरकार ले तुरन्त जनता लाई आधिकारिक जानकारी गराउन मांग गर्दछु।

२. नेपाल सरकार ले मुलुकको उत्तरी सीमाना को सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुंदै गई रहेको छ। सगरमाथा माथि पनि चीनले अधिपत्य जमाई सकेको कुरा संचारमाध्यम मा आएका छन तर सरकार ले यस विषय बार्े पनि अहिले सम्म मौनता धारण गरेको छ।

हिमाली भेग का ६ जिल्लामा चीन ले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडा ले पनि देखायी रहेको छ। यस परिस्थिति मा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सीमाना को सुरक्षा गर्न सकी रहेको छैन भने सरकार ले १९५० को भारत संग को मित्रता र शांति सहमति अनुसार भारत सरकारको सहयोग लिई पनि सीमाना को सुरक्षा गर्न मांग गर्दछु।

३. डां गोविन्द केसी जीको अनशन प्रति पूर्ण समर्थन जनाउंदै छु। सरकार ले विगत मा डा. केसी संग गरे का सम्पूर्ण सहमति को पालना गर्दै डा. के सी को जीवन र सम्मान को रक्षा गरनु पर्दछ।

प्रेस विज्ञप्ति

१.यही अषोझ २३, २०७७ मा विभिन्न संचार माध्यम मा आएका खबर अनुसार नेपाल चीन सीमाना मा रहेका सीमा स्तम्भ को…

Posted by Sarita Giri on Saturday, October 10, 2020

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com