मनको रोगलाई नलुकाऔँ

यो कोरोना महामारीले झन नकारात्मक प्रभाव पारिरहेको छ। जनजीवनमा तनाब बढाइदिएको छ। अर्कोतिर भएका मानसिक स्वास्थ्यका सेवालाई प्रभाव पारेको छ। त्यसकारण मानसिक स्वास्थ्य सेवामा पहुँच वृद्ध गर्न, मानसिक स्वास्थ्यमा व्यपक लगानी बढाउनु पर्ने छ। यो लगानी हरेक व्यक्तिले आफ्नो आफ्नो ठाउँबाट गर्नु पर्ने हुन्छ। जस्तै व्यक्तिगत रुपमा आफ्नो र आफ्नो परिवारको मानसिक स्वास्थ्यको ख्याल राखौँ।

आज मानसिक स्वास्थ्य दिवस। हरेक वर्ष अङ्ग्रेजी महिनाको अक्टोबर १० तारिखका दिन यो दिवस मनाइन्छ। ‘यो वर्ष सबैका लागि मानसिक स्वास्थ्य पर्याप्त लगानी व्यपक पहुँचः जसलाई पनि जहाँ पनि’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ।

यसैको उपलक्ष्यमा मानसिक स्वास्थ्यका बारेमा केही सन्देश लिएर आएका छौँ। मानसिक स्वास्थ्य एक अभिन्न अङ्ग हो। स्वस्थ रहन स्वस्थ शरीरको साथसाथै मन पनि स्वस्थ हुन पर्दछ। वास्तवमा मानसिक स्वास्थ्य समस्या समाजमा धेरै हुने समस्या मध्येको एक हो। यसले व्यक्तिको आफ्नो व्यक्तिगत स्वास्थमा प्रभाव पार्छ नै, व्यक्तिको जीवन यापनमा प्रभाव पारी समाजको र देशको उत्पादकत्वमा नै ह्रास ल्याउँदछ। कहिलेकाहिँ मानसिक स्वास्थ्यको समस्या मृ’त्युको कारण पनि बन्न सक्दछ।

स्वस्थ खाना, पर्याप्त आराम, निन्द्रा, नियमित व्यायाम, सहयोगी भावना राख्ने गरौँ। दु:ख परेका बेला साथीभाइ, सहकर्मी, आफन्तको सहयोग लिऔँ र अरुले सहयोग मागेको बेला पनि सहयोग गरौँ। तनाव कम गर्न विश्वासिलो व्यक्तिसँग आफ्ना भावना साटौँ। समस्यामा परेकाका कुरा सुनौँ र मद्दत गरौँ। यदि मानसिक स्वास्थ्य समस्याले धेरै गाह्रो बनाएको छ भने स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाह लिन नहिच्किचाऔँ।

जस्तै आत्महत्या गर्न प्रेरित गरेर, आफ्नो शरिरीक स्वास्थ्यको उचित रुपमा ख्याल राख्न नसकेर आदि यसत हुँदा हुँदै पनि विभिन्न कारणहरुले गर्दा मानसिक स्वास्थ्य व्यक्तिको समाजको तथा रान्ज्यको प्राथामिकतामा पर्न सकेको छैन। एकातिर मानसिक स्वास्थ्यका लागि चाहिने स्वास्थ्य सेवा व्यापक रुपमा उपलब्ध छैन भने अर्कोतिर अज्ञानता, अन्धविश्वास, लाञ्छना अदिका कारणले भएका सेवाहरु पनि राम्रोसँग उपभोग गरिएका छैनन्।

सल्लाह लिन उत्प्रेरित गराऔँ। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ। गर्न नदिऔँ। कार्य र कार्यस्थलको व्यवस्थापकहरुले आफ्नो कार्यस्थलमा आफ्ना सहकर्मीहरुको मानसिक स्वास्थ्यको ख्याल राखौँ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com