राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्नी मेलानिया पनि कोरोना संक्रमित
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना पोजेटिभ देखिएको छ । साथमा उनकी पत्नी मेलानिया पनि संक्रमित भएको ट्रम्पले ट्वीट गर्दै जानकारी दिएका छन् । ट्रम्पले आफूहरुले तत्कालै क्यारेन्टाइन बस्न सुरु गरेको र यसलाई दुवाजनाले एकैसाथ जित्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पकी निजी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्प र श्रीमती मेलानिया ट्रम्प होम क्वारेन्टाइनमा बसेका थिए । सल्लाहकार राष्ट्रपति ट्रम्पको साथमा एयर फोर्स वनमा नियमित रुपमा यात्रा गर्थिन् । होप हालै मात्र अन्य वरिष्ठ सहयोगीको साथमा प्रेसिडेन्ट डिबेटका लागि क्लीवल्याण्ड गएकी थिइन् ।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020