राजतन्त्रको पक्षमा मोटर साइकल र्याली (फोटो फिचर)
राजत्रन्त्रको पक्षमा शनिबार मोटरसाइकल र्याली निकालिएको छ।
पशुपति वनकालीबाट सुरु भएको र्याली बत्तीसपुतली, पुरानो बानेश्वर, मैतिदेवी, डिल्लीबजार हुँदै रत्नपार्कसम्म पुगेको थियो।
र्यालीका सहभागीहरुले पुरानो राष्ट्रिय गान बजाएर कार्यक्रमको थालनी गरेका थिए।