१ लाख ५० हजार रुपैयाँ बराबरको पटाका सहित एकजना पक्राउ
करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५८ बण्डल पटाका सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-३ पैतीस लाईनबाट ४२ वर्षीय ढाक्रे राजबंशी रहेका छन् ।
प्रहरी चौकी महेशपुर र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ३४१३ नम्बरको अटोमा जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको पटाका फेला पारी चालक राजबंशीलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।