भारतसँगको सीमामा चीनका ६० हजार सैनिक,‘वार्ता गरेर फाइदा छैन’

लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा भारत र चीनबीच तनाव बढिरहेका बेला अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीनले सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेको दावी गरेका छन् । पोम्पियोले लद्दाखमा चीनले ६० हजार सैनिक तैनाथ गरेको दावी गरेका हुन् । पोम्पियोले चीनको पछिल्लो गतिविधि र यसबाट इण्डो प्यासिफिक देशहरुको समूह (क्वाड)को लागि देखिएको खतराका विषयमा सचेत हुनुपर्ने समेत बताएका छन् ।

उता अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले पनि अब चीनसँग वार्ता गरेर कुनै फाइदा हुँदैन भन्ने स्वीकार गर्नुपर्ने समय आएको बताएका छन् । उनले अब चीनले आफ्नो आक्रामक कार्यशैलीलाई परिवर्तन नगर्ने समेत बताए ।

पोम्पियोले क्वाड ग्रुप अर्थात इण्डो प्यासिफिक देशहरु अमेरिका, जापान, भारत र अस्ट्रेलियाका विदेश मन्त्रीहरुको टोक्योमा भएको बैठकबाट फर्किएपछि शुक्रबार एक अन्तरवार्तामा चीनमाथि आक्रामक अभिव्यक्ति दिएका हुन् । उनले चीनप्रति नरम व्यवहार गर्नुको कुनै फाइदा नहुने बताउँदै लामो समयसम्म यस्तो गर्दा पनि कुनै उपलब्धी नभएको बताए ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com