सरकारले २७ दिनदेखि अनशनरत डा. केसीको ज्यान लिन खोजेको आरोप
२७ औँ दिनदेखि अनशनरत डा. गोविन्द केसीको पक्षले वार्ताका लागि सरकार सम्झैताबाट पछाडि हटेको बताएको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसी पक्षको वार्ता टोलीले स्वास्थ्य स्थिति नाजुक बन्दै जाँदा सरकारी पक्ष सम्झौताबाट पछाडि हटेको बताएको हो।
विज्ञप्तिमा भनिएको छ,
‘साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो। यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा. केसीको ज्यानै लिने नियत समेत उदांगो भयो। तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै त्यसको कार्यान्व्यन सुनिश्चितताका लागि मन्त्रिपरिषद्बाट पारित गर्न सरकारसामु जोडदार माग गर्दर्छौँ।’
डा. केसीको स्वास्थ्य जटिल बन्दै गएका कारण कुनै पनि समय ज्यानै जान सक्न सम्भावना रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताउँदै आएका छन्।