‘सक्छस् फाँसी दे, सक्दैनस् बलात्कारी हो भनेर निधारमा टाँसिदे’
बढ्दै गएको बलात्कार तथा यौन हिंसाको विरोधमा युवायुवतीले माइतीघरमा प्रदर्शन गरेका छन् ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा बलात्कार तथा हत्याका घटना बढ्दा पनि सरकार उदासिन भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
शनिबार माइतीघरमा युवायुवती प्लेकार्डसहित शान्तिपूर्ण रुपमा नाराबाजी गरेका हुन्।
उनीहरुले ‘सरकार भेटियो न्याय भेटिएन, बलात्कारीलाई फासी दे, सरकारले हाम्रो कुरा सन्नै पर्छ, बलात्कारीले सजाय पाउनै पर्छ’ सहितका नारा लेखिएका प्ले कार्ड बाकेर नाराबाजी गरेका हुन् ।
उनीहरुले आफूहरु सुरक्षित हुन चाहेको भन्दै ‘सक्छस् बलात्कारीलाई फासी दे, सक्दैनस् बलात्कारी हो भनेर निधारमा टाँसिदे’ भन्ने नारा पनि लगाएका छन् ।