मौखिक परीक्षाबाट कर्मचारी भर्ना आलोचना भएपछि रोकियो भर्ना प्रक्रिया

मौखिक परीक्षा मार्फत मात्रै जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक जनशक्तिलाई करारमा नियुक्त गर्ने विषयमा आचोलना भएपछि नेपाल रेल्वे कम्पनी यो निर्णयबाट पछि हट्ने भएको छ । मौखिक परीक्षाबाट करारमा कर्मचारी छनोट भएपछि सत्तापक्षको हालीमुहाली बढ्न सक्ने भन्दै आलोचना हुँदै आएको थियो ।

नेपाल रेल्वे कम्पनीले स्टेशन मास्टर, टिटि, क्यासियर, गार्ड, प्रशासन, लेखा लगायतका विभिन्न २९ वटा पदका लागि एक सय २९ जनाको लागि करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेकाे थियाे । कम्पनीका अनुसार दरखास्तको दिन तोकिएको अन्तिम मिति १२ असोज सम्ममा विभिन्न पदका ३२ हजार ६ सय ८६ जनाले जागिरका लागि अनलाइन मार्फत आवेदन दिएका थिए ।

रेल कहिलेदेखि सञ्चालन हुने अन्यौलताकै बीच कम्पनीले हतार हतारमा गरेको कर्मचारी भर्नाको प्रक्रिया र छनाेट प्रक्रियामा चौतर्फी आलोचना भएपछि कम्पनीको सञ्चालक समितिमा अब लोकसेवा आयोगकै परामर्शमा कर्मचारी गर्ने विषयमा छलफल सुरु भएको छ ।

छिट्टै रेल सञ्चालन होस् भन्ने उदेश्यले ६ महिनाको करारमै कर्मचारी भर्ना गर्ने प्रक्रिया थालियो, नेपाल कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले भने,‘ तर रेल सञ्चालनको मिति अझै तोकिन सक्ने अवस्था नरहेको, करार अवधि समाप्त भएपछि पुनः कर्मचारीलाई भर्ना गर्नुपर्ने झन्झिटिलोे हुने तथा करार समाप्त भएर पनि जागिर छोड्न नचाहने र हटाएको खण्डमा आन्दोलन गर्ने प्रवृति विगतमा देखिएकाले पनि अब एकैपटक स्थायी कर्मचारी नै भर्ना गर्नुपर्ने समेत छलफल भइरहेको छ ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com