नेकपाका २५० भन्दा बढी कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश
सर्लाहीको क्षेत्र न.४ को रामनगर गाउँपालिका वार्ड न. ५ विर्ताटोलमा नेकपा सहित विभिन्न पार्टी परित्याग गरेका २५० भन्दा बढी व्यक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
रामनगर गाउँ कमिटीले विर्ताटोलमा गरेको पार्टी प्रवेश कार्यक्रममा स्थानीय चुनावमा नेकपाको तर्फबाट वार्ड नं १ मा वडाध्यक्षको प्रत्याशी श्याम यादव, वडा नं ५ का निर्वाचित वार्ड सदस्य मोमलती यादव लगायत कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेस प्रवेश कार्यक्रम स्थानिय नेकपाका नेता कार्यकर्ताहरु राजदेव यादव, चन्देश्वर यादव, बेचन यादव, अंसीक यादव, रामबाबु यादव, सुबोध यादव, शिवजी यादव लगायतका २५० जना व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गरेकाहरुलाई कांग्रेस नेता डा. अमरेश कुमार सिंह, प्रदेश सांसद विरेन्द्र सिंह र ओपेन्द्र कुशवाहा लगायत व्यक्तिले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।