अञ्जु पन्तको गीतमा राजदुतको अभिनय
लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको दुख्ने मुटु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदी दुबसुको शब्द शृजना रहेको गीतमा राजदुत दुबसु र उनकी पत्नि पुनम सुवेदीको अभिनय रहेको छ ।
साथै भिडियोमा दुबसु दम्पत्तिका अलावा नायिका मिरुना मगर र अभिनेता ध्रुब दत्तको अभिनय देख्न सकिन्छ । साथै भिडियोमा सरदराज आरन, सम्झना आरन, तेजेन्द्र रेग्मी, सुधा शर्मा, राजकुमार गिरीको अभिनय रहेको छ ।
भिडियोमा अभिनय गर्ने कलाकारहरुमा मिरुना र ध्रुबबाहेकका ३ जोडी नै वास्तविक जोडी हुन् । भिडियो बेलायतका सुप्रशिद्ध स्थलहरुमा छायांकन गरिएको हो ।