कुलमान बाहिरिएसँगै विद्युत कटौती बढ्यो
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै विद्युत कटौतीको समस्या बढ्न थालेको छ ।
तथापि मर्मतसम्भार लगायतका प्राबिधिक समस्याले विद्युत कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाका अनुसार चुस्तरूपमा सिस्टम नबनेसम्म यो समस्या कायमै रहने रहनेछ ।
यस्तो समस्या विगतमा पनि रहेको उनले बताएका छन् ।
यद्यपि उपभोक्तालाई समस्या नहुने गरी छिटो मर्मतसम्भारको व्यवस्था गरिएको उनले बताए ।