जिउँदै पेट्रोल छर्केर आ’गो लगाइ पुजारीको ह’त्या

भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएको छ।

राजस्थानस्थित करौली जिल्लाको बुकाना गाउँमा भएको जमिनको विवादका क्रममा पुजारीलाई पेट्रोल छर्केर आगो लगाइएको हो ।

जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृ’त्यु भएको छ। घटनास्थल करौली जिल्ला सदरमुकामबाट ४ किलोमिटरको दूरीमा पर्छ ।

करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ।

आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको पनि अन्य फरार भएका छन् । उनीहरुको खोजी भइरहेको करौली प्रहरीले जनाएको छ।बीबीसी हिन्दी

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com