डा. केसी र सरकारी वार्ता टोलीबीच बल्ल सुरु भयो वार्ता
अनशनरत डा. गोविन्द केसी र सरकारको वार्ता टोलीबीच शुक्रबार राति ९ बजेदेखि शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ।
दुवै पक्षका वार्ताटोलीले शिक्षा मन्त्रालयमा वार्ता सुरु गरेको वार्ता टोलीका एक सदस्यले बताए। उनले भने, ‘दुवै वार्ता टोली वार्तामा बसेका छौँ।’
शुक्रबार डा. केसीका समर्थकले सरकार वार्तामा नआए आन्दोलत चर्काउने चेतावनी दिएका थिए।
यस्तै, सरकारका तर्फबाट शिक्षासचिव गोपी मैनाली र डा. केसीका तर्फबाट डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार अबेरसम्म वार्तामा बसेका थिए।