के कुलमानले चुनाव लडे ७७ जिल्लाको जुनसुकै ठाउँबाट जित्न सक्छन् त ?

वरिष्ठ हाँस्यकलाकार मदन किष्ण श्रेष्ठले ४ वर्षे कार्यकाल सकाएर बिदा भएका नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्नियुक्त गरे सरकारलाई नौ लाभ हुने बताएका छन्।

कुलमानको पक्षमा सर्वत्र आवाज उठिरहेका बेला कलाकार श्रेष्ठले कुलमानको पक्षमा सारा नेपाली रहेको र जनादेशलाई सम्मान कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्नियुक्त गर्नु सरकारकै लागि लाभकर हुने बताएकाहिमाल देखि तराई, मेची देखि महाकाली, जुनसुकै जिल्लाका जनताले कुलमानलाई रुचाएको र नेपालको जुनसुकै कुनाबाट चुनाव लडे पनि कुलमानले जित्ने श्रेष्ठ बताउँछन्।

“एउटा जिल्लाको मत प्राप्त गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिङ्गो मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ । तर मेची देखि महाकाली, हिमालदेखि तराईका सतहत्तरै जिल्लाका साँढे ३ करोड जनताका आत्मादेखि रुचाइएको श्री कूलमान घिसिङ नेपालको ७७ जिल्ला मध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चीत देखिन्छ।”,श्रेष्ठ फेसबुकमा लेख्छन्।

सम्पूर्ण नेपालीको मन जितेका व्यक्तिलाई हटाउँदा सम्पूर्ण नेपालीको मन दुख्ने उनको भनाई छ। जनादेशलाई सम्मान गरेर जनताको मन जित्नु स्वविवेक हुने उनी बताउँछन्।आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनता ले जिन्दगी भर चित्त दुखाउने छन। लौ है, आदरणीय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो ।”,श्रेष्ठले फेसबुकमा लेखेका छन्।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com