आइसोलेसनबाटै हरिवंश आचार्य भन्छ्न: कोरोनालाई खेलाचीँ नठानौँ, यो बलियो शत्रु नै हो
हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना संक्रमण भएपछि यतिखेर होम आइसुलेसनमा बसिरहेका छन्।
कोरोना संक्रमणबाट हुने कोभिड–१९ का लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आए पनि आफ्नो घरभित्रसम्म कसरी कोरोनाले प्रवेश गर्यो भन्नेबारे हरिवंश दम्पती जानकार छैनन्।
‘हामी एकदमै परहेजमा बसिरहेका थियौं। सकेसम्म भीडभाडमा नजाने, जानै परे मास्क र सेनिटाइजर प्रयोग गर्ने गरिरहेका थियौं। बची–बची अलि–अलि आफ्नो काम पनि गरिरहेको थिएँ।
यसो गर्दागर्दै पनि १०/१२ दिनअघि श्रीमतीलाई एकदम जिउ दुख्यो। बीचमा ज्वरो पनि आयो। ज्वरो धेरै थिएन, त्यही ९९/१०० डिग्री थियो।
हामीलाई यो भाइरल हो भन्ने थियो। भाइरल ज्वरो औषधि गरे सातै दिनमा ठीक हुन्छ, नगरे एक हप्ता लाग्छ भन्ने थियो’, हरिवंशले होम आइसोलेसनबाट भने– ‘म सावधानी अपनाएर काममा हिँडिरहेको थिएँ।