‘संक्रमितहरु आइसोलेसनमा नबसेको पाइएमा छ महिना जेल’
स्वास्थ्य मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना भाइरस संक्रमितलाई कारवाही गरिने बताएको छ।
शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले पछिल्लो समय संक्रमितहरु होम आइसोलेसनमा नबसेको भन्दै त्यसो गरेको पाइएमा कारवाही गर्ने बताएका हुन्।
डा. गौतमले भने, ‘अस्पतालको आइसोलेसनमा नभएर घरमै बसिरहेका व्यक्तिहरु आइसोलेसनमा नबसेर बाहिर निस्केको सूचना प्रप्त गरेका छौँ, यदि त्यस्तो भयो भने कानुन अनुसार कारवाही हुने छ।’
संक्रमणबाट जोगिनका लागि भिडभाडमा जाने, मास्कको सही प्रयोग गर्न जरुरी रहेको उनले बताए।