कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, १० जनाको मृ’त्यु

गत २४ घण्टामा ७३ हजार २३ जना डिस्चार्ज भएका छन् भने १ हजार ६८० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ।

शुक्रबार देशभर २ हजार ५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ५९ संक्रमित थपिएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० जनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ६०० पुगेको छ। गत २४ घण्टामा १३ हजार २७९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन्।

काठमाडौँमा घटेन कोरोना सङ्क्रमण; आजको कोरोना अपडेट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com