बला’त्कार हुनबाट बचाउने पे’न्टी जीपीआरएसको मदतमा प्रहरीकोमा खबर पुग्छ (भिडियो)

भारतकी एक युवतीले यस्तो पे’न्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बला’त्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् ।

उनले बनाएको ‘रेप प्रुफ पे’न्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बला’त्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर पनि छ ।

स्मार्ट कल पासवर्डले मात्र खुल्नेछ । सीनू भन्छिन्, ‘यसमा एउटा बटम छ, जसलाई थिच्नासाथ इमर्जेन्सी नम्बर डायल हुनेछ ।’ उनका अनुसार पे’न्टीमा राखिएको जीपीआरएसको मदतमा प्रहरीले लोकेसन पत्ता लगाउनेछ र रेकर्डरले आसपासमा जे भइरहेको छ, त्यसलाई रेकर्ड गर्नेछ ।

पुलिसका अलावा परिवारका कुनै सदस्यको नम्बर सेट गर्न सकिन्छ ? सीनू भन्छिन्, यो सेटिङमा भरपर्छ कि इमर्जेन्सीमा पहिला कसलाई कल गर्ने ? किनकी १०० र १०९० नम्बर सँधै सुरक्षाका लागि हुनेछ र पुलिस स्टेशन सबै ठाउँमा हुनेछ ।

त्यसैले यो नम्बर सेट गरिएको हो ।’यो बनाउन लगभग ४ हजार भारु खर्च भएको छ ।आफैंले रिसर्ज गरेर पेन्टी बनाएको उनले बताएकी छिन् । सरकार वा कुनै कम्पनीले सहयोग गर्ने हो भने यसलाई अझ राम्रो बनाउन सकिने उनले बताएकी छन् ।थप भिडियोमा हेर्नुस्

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com