काठमाडौं कोरोना हटस्पट; आइसोलेशन बनाउने काम हाम्रो हैन-गृह मन्त्रालय

कोरोना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या भएमात्र अस्पताल लैजाऔं

उपत्यकामा रहेका आइसोलेसन वार्डहरु संक्रमितले भरिएपछि सरकारले संक्रमितहरुलाई घरमै बसेर उपचार गर्न भन्न थालेको छ । गत एकसाताभित्र मात्रै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

बिहिबार उपत्यकामा मात्रै २ हजार ५ सय ४० संक्रमित थपिएका छन् । सरकारले गत भदौ मसान्तबाट काठमाडौंमा झन्डै १ महिना जारी गरेको निषेधाज्ञा हटाएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

सरकारले गृह मन्त्रालयलाई उपत्यकामा ५ हजार क्वारेन्टाइन बेड तयार पार्ने जिम्मेवारी दिएपनि ३ जिल्लाबाट ३ हजार हाराहारी तयार भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई राख्नका लागि तयार पारिएपनि तिनीहरुको प्रयोग नभएको उनले बताए ।

उनले भने– ‘विदेशबाट नियमित र चार्टर उडानमा आउने मान्छेका लागि तयार गरिएको हो । जति संख्यामा विदेशबाट मान्छे आउँछन् त्यति नै संख्यामा बनाउने भनिएको थियो । करिब ३ हजार संख्यामा बनेको भन्ने रिपोर्ट त छ । तर त्यो क्वारेन्टाइनमा मान्छे छैनन् । विदेशबाट मान्छे आउँदा सबै पीसीआर नेगेटिभ भएका मान्छेहरु आए । उनीहरुलाई होम आइसोलेशनमा बस्न पठाइयो । त्यो भएको क्वारेन्टाइन पनि उपयोग भएको छैन । अहिले ती क्वारेन्टाइन बेडमा मान्छेहरु छैनन् ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com