युवतीको शवलाई आफन्तले सुटुक्क प्रेमीको घरमा लगेर राखे

रौतहटमा एक युवतीको रहस्यमय मृ’त्यु भएको छ। दुर्गा भगवती गाउँपालिका ४ छतौनी टोलकी १७ वर्षकी युवतीको मृ’त्युपछि उनको शवलाई प्रेमीको घरमा राख्न गएका दुईजनालाई प्रहरीले प’क्राउ गरेको छ।

प’क्राउ पर्नेमा मृ’तक युवतीका काका–काकी रहेका छन्। बुधबार दिउँसो श’व बोकेर हिँडेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

प्रेमी भनिएका युवाको घरमा भेटिएको शवलाई प्रहरीले पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगेको छ।

घरमा कोही नभएका बेला युवतीको श’वलाई ल्याएर युवकको घरमा राखेको थाहा पाएपछि स्थानीय महिलाले प्रहरीलाई खबर गरेका थिए।

युवतीको मृ’त्यु कसरी भयो भन्नेबारे खुलेको छैन। प्रहरीले मृतकको घाँटीमा डोरीले कसेको दाग देखिएको तर ह’त्या वा आ’त्मह’त्या के हो भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने बताएको छ।

स्थानीय बासिन्दाका अनुसार प्रेम सम्बन्ध रहेको थाहा भएपछि दुवै परिवारबीच बेला बेला झगडा हुँदै आएको थियो।

युवतीको मृ’त्युपछि उनका काका–काकी र मामासहितले मिलेर श’वलाई प्रेमीको घरमा लगेको अनुसन्धानबाट खुलेको रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

मृ’तक युवतीका बुवा रोजगारीको सिलसिलामा भारतमा छन्।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com