प्रधानमन्त्रीका प्रेस सल्लाहकार कोरोना संक्रमण मुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहेका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको थियो।
यसैबीच प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत आफू कोरोना मुक्त भएको सार्वजनिक गरेका छन्।