डा गोविन्द केसीकी आमा भन्छिन्- सरकार कान र हृदय नभएको ‘मान्छे’ हो
पुराना विषय इतिहास हुन्छन्। हुनुपर्छ। तर फेरि सान्दर्भिक भएर आए भने त्यो विडम्बना हो। त्यस्तै एउटा विडम्बना हामी पस्किदैछौं। डा गोविन्द केसीकी आमा मित्रकुमारीले दुई वर्षअघि भन्नु भएको थियो;-सरकार भनेको कान र हृदय नभएको मान्छे हो।
त्यो कुराकानी गर्दा डा गोविन्द केसी अनसन बसेको २४ दिन पुगेको थियो। र १५औं अनसन थियो। अहिले अनसनको शृंखला १९ औं पुगेको छ, अनसन बसेको २४ सै दिन।
त्योबेला डा केसीकी आमाले भनेकी थिइन्– सरकार भनेको कान र हृदय नभएको मान्छे हो। त्यो फेरि एकपल्ट प्रमाणित भएको छ। आमा त यसैपनि झुट बोल्दिनन् । ती डा केसीकी हुन् वा तपाईं हाम्री।
डा केसीकी आमासँग त्यो बेला गरिएको कुराकानी अहिले पनि सान्दर्भिक छ। परिस्थित फेरिएन भने सन्दर्भ त जहाँको त्यहीँ बस्दो रहेछ।
त्यो कुराकानी फेरि एकपल्ट कान र हृदय नभएको सरकारकाअघि राखेका छौं ।‘डाक्टर केसीले जुनतारा मागेका होइनन्, राज्यले सुन्नुपर्छ’ प्रा.डा केदारभक्त माथेमाले भन्नु भएको छ।
थप भिडियोमा हेर्नुस्