अमृत सापकोटा र कमला घिमिरेको ‘औँठी सुनैको’ लाई एकैदिनमा ५ लाख

काठमान्डौ, पछिल्लो समय सांगितिक बजारमा नेपाली लोक गित संगितको चर्चा चुलिदोँ छ । आम दर्शक स्रोता हुन् या गित संगीतमा कर्म गरिरहेका कलाकर्मी सबैको ध्यान विस्तारै लोक गितले तानिरहेको छ ।

कुनै बेला निकै खस्किएको लोक गितको बजार अहिले सोपान क्रममा बढीरहेको छ । सांगीतिक बजारमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु पस्किने प्रतिस्पर्धा नै छ भन्दा अतियुक्ति नहोला । यसकै निरन्तरतामा लोकप्रिय बाल गायिका कमला घिमिरे र अमृत सापकोटाको दोश्रो संगम ‘औँठी सुनैको’ मा भएको छ ।

वरिष्ट सर्जक शिव हमालको उत्कृष्ट शब्द सृर्जना र चर्चित गायिका राधिका हमालले लय भरेको ‘औँठी सुनैको’ मा बाल गायिका कमला घिमिरे र गायक अमृत सापकोटाले आवाज दिएका छन ।

विक्रम चौहानले निर्देशन गरेको उक्त गीतमा कलाकारहरु धुर्व हिमाली, अमृत सापकोटा, प्रेम खड्का, लोमश शर्मा, अर्जुन गौतम, कमला घिमिरे, टिका सानु, संचिता शाहि, आयुष्मा कार्कि, कमल सर्गम, र कल्यान घिमिरे लगायतको अभिनय रहेको छ । विशाल इन्टरटेन मार्फत युट्युबमा सार्वजनिक ‘औँठी सुनैको’ लाई एकैदिनमा पाँच लाख बढीले हेरीसकेका छन ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com