मदन भण्डारी स्पोर्ट्स एकेडेमीको जिल्ला सचिवमा राना सर्वसम्मत

जाजरकोट, मदन भण्डारी स्पोर्ट्स एकेडेमी जाजरकोट जिल्ला कमिटी सचिवमा जाजरकोट शिवालयका युवा व्यावसायी लोकेन्द्र जङ्ग राना सर्वसम्मत चयन भएका छन् । हालै सम्पन्न एकेडेमीको एक भेलाले रानालाई सर्बसम्मत सचिव पदमा मनोनयन गरेको हो ।

स्थानीय स्तरमा प्रभावशाली युवा नेता र समाजसेवीको छवि समेत बनाईसकेका नव निर्वाचित सचिव राणाले मदन भण्डारी स्पोर्ट्स एकेडेमी मार्फत युवाहरूलाई खेलकुद क्षेत्रमा अब्बल र राष्ट्रीय स्तरमै स्थापीत बनाउन भुमीका खेल्ने प्रतीबद्धता ब्यक्त गरे ।

सहयोग सामाग्री वितरण गर्दै युवा व्यावसायी लोकेन्द्र जङ्ग राना

एलिसा डिजाइनस एण्ड बिल्डर्सका संचालक समेत रहेका राना जाजरकोटको शिवालय गाउँपालिका वडा न. ०१ का स्थायी बासिन्दा हुन् । कोभिड १९ का कारण कर्णाली क्षेत्रका बिपन्न समुदायको चुल्हो बल्न बन्द भएपछी सहयोग सामाग्री लिएर गाउँ गाउँ पुगेका राना लामो समयदेखि साबिकको कर्णाली र आसपासमा समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

सहयोग सामाग्री वितरण गर्दै युवा व्यावसायी लोकेन्द्र जङ्ग राना

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com