कोरोनामा नयाँ रेकर्डःदेशभर एकैदिन थपिए ३४३९;उपत्यकामा मात्रै झन्डै दुई हजार
बुधबार देशभर ३ हजार ४३९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार ४३९ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ।
हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार १२६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ।
यस्तै आज काठमाडौं उपत्यकामा १६८४ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ। गत २४ घण्टामा १४ हजार २०९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार १६४ जना क्वारेन्टिनमा रहेका छन्।