पहिलो चरणमा पाँच सय नेपाली रोजगारीका लागि ईजरायल जान पाउने

नेपालमा ईजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल र ईजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको ईजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्यले जानकारी दिनुभयो ।

सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत शाक्य र ईजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गर्नुभएको छ ।

ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको उपस्थितिमा ईजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सो समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । मसाभ इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था हो ।

नेपालको तर्फबाट हस्ताक्षर गर्न असोज ११ गते बसेको मन्त्रिपरिषद्ले निर्णय गरेर राजदूत शाक्यलाई अनुमति दिइसकेको थियो ।
गत मंसिरमा राजदूत शाक्यको विशेष पहल र नेपाल सरकारको निमन्त्रणामा मसाभ प्रमुख गील हासकेलको टोली नेपाल भ्रमणमा आएको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com