एप्पलको आइफोन १२ आउँदो मंगलबार

एप्पलको सबैभन्दा लोकप्रिय उत्पादन आइफोन गत महिना सार्वजनिक भएको थिएन।

तर यस महिना भने एप्पलले बहुप्रतिक्षित आइफोन १२ सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

सीनेट डटकमका अनुसार एप्पलले आइफोना १२ आगामी हप्ताको मंगलबार अर्थात् १३ अक्टोबरमा सार्वजनिक गर्न लागेको छ।

आइफोन १२ मा फाइभ–जी सुविधाका साथै आइप्याडबाट प्रेरित डिजाइन हुने अपेक्षा गरिएको छ।

हालै मात्र आइफोन १२ को उत्पादन तिव्र गतिमा भइरहेको समाचारहरु सार्वजनिक भएका थिए।

एससीएमपीका अनुसार चीनस्थित एप्पल उत्पादन कारखानामा २४ घण्टा नै आइफोन १२ उत्पादन भइरहेको छ।

त्यहाँका कामदारलाई ओभर टाइम काम गर्न दिइएको छ भने सार्वजनिक विदा दिइएको छैन।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com