प्रशिद्ध संगीतकर्मी एडी भान हालनको निधन

प्रशिद्ध संगीतकर्मी एडी भान हालनको निधन भएको छ । श्रद्धेय गितारवादक तथा प्रशिद्ध रक ब्याण्ड भान हालनका संस्थापक एडीको ६५ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो ।

उनका छोराले निधनको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डच–अमेरिकन संगीतकर्मी एडी घाँटीको क्यान्सरसँग लडिरहेका थिए । उनको ब्याण्ड भान हालन जम्प गीतका लागि चर्चित छ ।

भान हालनको मंगलबार क्यालिफोर्निया स्थित सेन्ट जोन्स हस्पिटलमा निधन भएको हो। उनको निधनका बेला परिवारका सदस्य उपस्थित रहेको टिएमजेडले उल्लेख गरेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com