वारेन बफेटका सुझावहरू ; बचत गरेपछि जे बाँकी रहन्छ त्यसलाई खर्च गर्नुहोस् !
वारेन बफेट विश्वका एक प्रतिष्ठित व्यक्ति हुन्, उनी शेयर बजार खेलाडीका रूपमा पनि चिनिन्छन् । विश्वको धनी बिल गेट्सले वारेन बफेटलाई आफ्नो सर्वश्रेष्ठ मित्र र प्रेरकको रूपमा लिन्छन् । उनको जन्म ३० अगस्ट १३३० मा अमेरिकाको नेभस्कामा भएको थियो । उनको बुबाको नाम हावर्ड बफेट र आमाको नाम लीला स्टोल हो ।
वारेन वाफेटका अनुसार उनी आज जे छन् त्यसको श्रेय बेन्जामिन ग्राहमलाई दिन्छन्, बेन्जामिन ग्राहम पनि शेयर बजारका ठुलो खेलाडी थिए र वारेन उनैकोमा मासिक १२०० डलरको तलबमा काम गर्थे । र उनीबाट नै हो बफेटले लगानी गर्ने गुणहरू सिके ।
आज उनी एक सफल लगानीकर्ता र उद्यमीका साथ साथै मोटिवेशनल स्पीकर छन्, र उनी २१ औं शताब्दीको सबैभन्दा प्रतिभाशाली बीर मानिन्छन् ।वारेन बफेले आफ्नो कुल सम्पत्तिको ८५ प्रतिशत बिल गेट्सको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई दान गरेर इतिहास रचेर विश्वको सबैभन्दा ठूलो दाता बनेका छन् ।
वारेन बफेटका सुझावहरू :
“आय : कहिले पनि एउटा आयमा भर नपर्नुहोस् । आयको अर्को स्रोत बनाउन लगानी गर्नुहोस् ।”
“सफलताः जब अवसरहरू आउँछन्, तपाईंले केहि गर्नुहोस् ।”
“खर्चः यदि तपाईले आफूलाई नचाहिने चीजहरू किन्दै हुनुहुन्छ भने, एक दिन तपाईले आफूलाई चाहिने चीजहरू बेच्नु पर्छ ।”
“बचत: खर्च गरिए पछि जे बचत हुन्छ त्यसलाई नबचाउनुहोस् । तर बचत गरेपछि जे बाँकी रहन्छ त्यसलाई खर्च गर्नुहोस् ।”
“जोखिम: नदीको गहिराईलाई कहिले पनि दुई खुट्टाले ननाप्नुहोस् ।”
“लगानी: कहिल्यै पनि तपाईको सबै अण्डालाई एउटा टोकरीमा नहाल्नुहोस् ।”
“आशा: इमानदारी सबैभन्दा महँगो उपहार हो । साना व्यक्तिबाट यसको अपेक्षा नगर्नुहोस् ।”