आजको राशिफल : वि.सं.२०७७ साल असोज २१ गते बुधबार हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आज वि.सं.२०७७ साल असोज २१ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर ०७ तारिख । नेपाल संवत् ११४० ।
प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–पञ्चमी,१२ घडी १९ पला,बिहान १० बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–रोहिणी,३० घडी ०७ पला,बेलुकी ०६ बजेर ०३ मिनेट उप्रान्त मृगशिरा । योग–व्यातिपात,४५ घडी १४ पला,रातको १२ बजेर ०५ मिनेट उप्रान्त वरियान । करण– तैतिल,बिहान १० बजेर ५५ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–बृष । दिनमान २९ घडी १३ पला ।

सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट
सूर्यास्त बेलुकी ०५ बजेर ४१ मिनेट

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेममा देखिएका तित्तताहरुलार्ई चिर्दै बिश्वासबो बाताबरण सिर्जना गर्न सकिनेछ । अध्ययनमा उल्लेख्य सुधार हुने तथा नतिजामो नजिक पुग्न सकिनेछ । समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ । खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बुवा वा बुवा सरहका मानिसबाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर आकर्षित गर्न सकिनेछ । पढाईको सन्द्रर्भमा लामो दुरियो यात्रा हुनेछ भने धार्मिक मठ मन्दिर तिर यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । राजनिति तथा सामाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुँन सक्छ ध्यान दिनुहोला । पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला । अन्य क्षेत्रमा ध्यान जादा पढाई लेखाईमा अरुभन्दा पछि परिन सकिन्छ । लामो दुरिको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि न्यून हुँने तथा खर्च बढ्ने हुँदा मन खिन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ । समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

शेयर बजारमा गरिएको लगानिमा केह सुधारको संकेत देखिनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । तपाईको कामदखि अग्रज तथा गुरुवर्गहरु खुसि हुनुहुनेछ भने चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु सँग हुने स्वस्थ्य प्रतिष्पर्धामा अन्तत तपाईकै नाम अग्र स्थानमा आउनेछ । स्कुल,कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सक्दा परिणाम मुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले सफलता हात लाग्नेछ । न्यायिक निर्णय तथा अदालति फैसला तपाईकै पक्षमा आउँनेछ । पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । परिवारमा लामो समय लेखि भेटघाट भएका मानिससँग भेट्न पाउँदा आत्मिय भाव बढ्नेछ भने रमाईलो बाताबरणमा दिन कटाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस्

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com