प्रदेश ५ को राजधानी बनेसँग भालुबाङमा खुसीयाली (तस्बिरहरु)
राप्ती किनारको भालुबाङ बजारमा बेग्लै रौनक थियो। मानिसहरु खुसी साटिरहेका थिए। प्रदेश सभाबाट राजधानीको बारेमा निर्णय भएसँगै यहाँ स्वागतको तयारी थालिएको थियो।
बेलुका दिप प्रज्वलन गरेर राजधानीको निर्णयलाई स्वागत गरियो। प्रतिनिधि सभा सदस्य गंगा थारु, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेल लगायतले राजधानी घोषणाले प्रदेशका नागरिकको न्याय गरेको बताएका छन् ।
प्रदेश सभामा राजधानी र प्रदेशको नाम बारे प्रस्ताव दर्ता गरेपछि राजधानीको बिषयले भालुबाङको चर्चा चुलियो । भालुबाङ दाङको मात्रै बजार होइन, यो रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, गुल्मी लगायतको बजार हो । त्यही भएर भालुबाङ राजधानीको नजरमा परेको स्थानीयको प्रतिक्रिया छ।