काठमाडौँ उपत्यकामा थप १०१७ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार नाघेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ। कोरोनाबाट हालसम्म ५ सय ६३ जनाले ज्यान गुमाएका छन्।
संक्रमितको संख्या ९० हजार नाघ्यो; आज उपत्यकामा मात्र हजार भन्दा बढि नया संक्रमित