संक्रमितको संख्या ९० हजार नाघ्यो; आज उपत्यकामा मात्र हजार भन्दा बढि नया संक्रमित
मंगलबार देशभर १ हजार ५५१ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका १ हजार ५५१ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।
हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।
काठमाडौँ उपत्यकामा थप १०१७ जनामा कोरोना पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ। गत २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार २२१ जना क्वारेन्टिनमा रहेका छन्।