प्रदेश ५ को राजधानी र नाममा मतदान सुरु
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चार जना सांसदले संशोधन प्रस्ताव दर्तापछि मतदान सुरु भएको छ।
यसअघि कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको हो।
संशोधन प्रस्तावमा कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने उल्लेख गरेका थिए।
यस्तै जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट अगध मगरात राख्न प्रस्ताव गरेका छन्।
हाल दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेशसभामा पेश भएको छ।