बालबिबाह हुँदै गर्दा प्रहरीले जग्गेमा पुगेर लियाे नियन्त्रणमा
बाल बिबाह हुँदै गरेको सुचना पाएपछि प्रहरीले जग्गेबाटै बालबालिका सहित अबिभावकलाई समेत नियन्त्रणमा ल्याएको छ। रोल्पाको त्रिबेनी गाउँपालिका वडा नम्बर ७ माथिल्लो तितिम गाउँका दुम्लाखोला स्थित पञ्चबहादुर वलिका १७ बर्षिय छोरा प्रकाश वली र सोही वडा निबासी दुम्लाखोला स्थित इन्द्रबहादुर बुढाका १४ बर्षिया छोरी बिष्णु बुढाबीच बाल बिबाह हुँदै गरेको भन्ने गोप्य सुचना पाएपछि प्रहरी चौकी जुगारबाट पुगेको टोलिले बिहेको जग्गेबाटै बालबालिका सहित अबिभावकलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहारी कार्यालय रोल्पाले जानकारी दिएको छ।
नियन्त्रणमा लिएको केही समयसम्म प्रहरी चौकी जुगारमा राखेर बालबिबाहबाट हुने खतरा र नियमबारे प्रष्ट पारेर उनीहरुलाई आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता इन्स्पेक्टर शंकर खड्काले बताउँनु भयो।रोल्पामा बालबिबाह सबैभन्दा ठुलो सामजिक समस्या बन्दै आएको छ। स्थानीय सरकार देखि विभिन्न निकायहरुले बालबिबाह न्यूनीकरणका लागि समयसमयमा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छन्। तर यसको प्रभावकारिता भने देखिएको छैन।