रुदै सुनाए आफ्नै किड्नी बिक्री गर्न खोज्ने युवकले पिडा (भिडियो)

साँझ विहान छाक टार्ने उपाय समेत नभएपछि कोही ब्यक्ति कुन हद सम्म पुग्न सक्छ भन्ने उदाहरण हेर्न नयाँ बानेश्वरको आइपेक्स मलको विपरीत रहेको एउटा भित्तामा हेरे पुग्छ । त्यहाँ एउटा सूचना देख्न सक्नुहुन्छ ।

ए–फोर साइजको सेतो चम्किलो कागजमा लेखिएको छ – मिर्गौला चाएमा भन्दै एउटा फोन नम्बर लेखिएको छ । मिर्गौलाको विज्ञापन गर्ने यी व्यक्ति हुन् कैलालीको धनगढी उपमहानगरपालिका धुरचन्ना घर भएका ३३ वर्षका जगवीरे गुरु धामी ।

बालकुमारीदेखि कलंकीसम्म, टेकुदेखि बानेश्वरसम्म उनले यस्ता पोस्टर लगाएका छन । त्यसमा लेखिएको मोवाइल नम्बरका आधारमा उनलाइ केहीले फोन समेत गरेको बताएका छन् । आफुले यसरी अंग नै बेच्नुपर्ने अवस्था कसरी आयो भन्नेवारे उनले बेलिबिस्तार लगाएका छन् ।

नेपालमा मानव अंग बेच्ने कार्यलाई गैरकानुनी मानिन्छ । यो कुरा उनलाई पनि थाहा छ । तर पनि आफ्नो बाध्यता भएका कारण यस्तो विज्ञापन गरेको उनले बताएका छन् । आफ्ना नातेदार र परिवारका सदस्यलाई मात्र अंग दिन पाइने कानुनी प्रावधान छ ।

प्रत्यारोपण गर्न पर्ने अवस्था चिकित्सकले पुष्टि गरेपछि मात्र परिवारका सदस्यले मात्र दिन मिल्छ । तर दुई हात मुख जोड्ने समस्या भएपछि आफुले यस्तो गर्नुपरेको धामीले बताएका छन् ।

धामीले आफू आर्थिक समस्यामा फसेको र अरु कुनै विकल्प नभएकाले जानीबुझी मिर्गौला बेच्न खोजेको बताए । मिर्गौला बेच्नेबारे उनले केही साथीहरुसँग पनि सल्लाह गरेका रहेछन् । तर साथीहरुले यसो नगर्न सुझाव दिएका छन् ।

काठमाडौंमा कहिले मासु पसल, किराना पसल कहिले खाजा पसल सञ्चालन गरेका उनी व्यापार राम्रो नभएको र २५ लाख रुपैयाँ ऋण लागेको भन्दै मिर्गौला ग्राहकको खोजीमा लागेको दाबी गर्छन् ।

पहिलो श्रीमतीको निधन भएपछि धादिगंको एक महिलासंग विवाह गरेको बताउने उनले त्यो विवाहवाट पनि आफु खुसी हुन नसकेको बताएका छन् ।

अहिले कयौं मानिस आफ्नो दुःख देखाएर युट्युबमा अन्तर्वाता दिएका भरमा भाइरल भएर धेरै आर्थिक सहयोग हात पारिरहेका छन् । यस्तो सूचना टाँसेर भाइरल बन्न खोजेको हो कि भन्दा उनी भन्छन् ‘त्यो मैले सोचेको छैन, मैले त्यस्तो गर्न खोजेको पनि होइन ।’

अहिले धामी कलंकीमा बस्छन् । उनले आफुसंग पैसा नहुँदा ३ दिन सम्म पनि खाना खान नपाएको बताएका छन् ।

थप भिडियोमा हेर्नुस्

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com