प्रदेश ५ को सभामा तोडफोड गर्ने सांसदको नाम र भिडियो
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रलाई तोक्ने सरकारको प्रस्तावसँगै बुटवलमा केही दिनदेखि तनाव छ। अस्थायी राजधानी रहेको बुटवलबाट राजधानी भालुवाङ लान खोजिएको भन्दै कांग्रेस सहितका दलले सडकदेखि सदनसम्म आन्दोलन चर्काइरहेका छन्।
यसअघि सडकमा देखिएको आन्दोलन आइतवार भने प्रदेश सभा अर्थात् सदनमा देख्न पाइयो। प्रदेश सरकारको तर्फबाट संसदमा प्रदेशको नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव पेश गर्ने दिन कांग्रेस सहितका सांसदहरुले चर्को विरोध जनाए।
त्यही क्रममा निरन्तर नाराबाजी र टेबुल ठोकिरहेका कांग्रेसका सांसदको आक्रोश झनै बढ्यो। उनीहरुले बुटवलबाट राजधानी सार्न लागेकोको प्रदेशसभाको बैठक हलका कुर्सीमाथि पोखे। कांग्रेसका सांसद कांग्रेस सांसदहरु वीरेन्द्र कनौडिया, वसिउद्धिन खान, रमा अर्याल, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलगायतले आफ्नो आवाजको सुनुवाइ नभएको भन्दै तोडफोडमा उत्रिएका थिए ।
त्यही क्रममा नाराबाजी र टेबुल ठोकिरहेका कांग्रेस सांसदहरु तोडफोडमा उत्रिए। तोडफोडकै क्रममा कांग्रेस सांसद वसिउद्धिन खानले कुर्सी उचालेर टेबुलमाथि बजारे। उनीसँगै कांग्रेस अरु सांसदहरू अष्टभुजा पाठक र वैजनाथ कलवारले पनि रेस्लरको शैलीमा कुर्सी उचाल्दै टेबुलमाथि बजारेर तोडफोड गरे। उनीहरुसँगै कांग्रेसका अन्य सांसदहरु वीरेन्द्र कनौडिया, रमा अर्याल, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे पनि तोडफोडमा उत्रिए। कांग्रेस सांसद रमा अर्यालले पनि कुर्सी उचालेर भुइँमा बजारिन्।