म्याद गुज्रेका चार करोड रुपैयाँ बराबरको सामग्री बरामद

काठमाडौँ उपत्यकामा म्याद गुज्रिएका खाद्य सामग्रीलाई रिलेबलिङ गरेर बिक्री गर्ने घटनाहरु शृंखलाबद्धरुपमा बाहिरिरहेका छन्।

महानगरीय प्रहरी वृत्त कालिमाटीसहितको टोलीले आइतबार साँझ कलङ्कीस्थित एक कम्पनीको गोदामबाट करिब ४ करोड रुपैयाँ बराबरको खाद्य सामग्री बरामद गरेको छ। रिलेबलिङ गर्ने मेसिनसमेत बरामद भएको प्रहरीले जनाएको छ।

एएसटी कम्पनीको गोदामबाट म्याद गुज्रिएका चकलेट, तेल, क्यामिकल पाउडरलगायत सामग्री बरामद भएको हो। प्रहरीले सञ्चालकमध्येका एक भारतको बिहार घर भएका ५२ वर्षीय अनिलकुमार बन्कासहित मार्केटिङ म्यानेजर, लेखापाल, स्टोर किपर र तीन जना कामदारलाई पक्राउ गरेको छ। बन्काबाहेक सबै नेपाली हुन्।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com