कोरोना संक्रमित युवाको मृ’त्यु विहान, जानकारी बेलुका मात्रै
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित युवकको मृ’त्यु भएको छ।
सोमबार प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार तेह्रथुम म्यांगलुंग १ का ३१ वर्षीय युवकको विहान ९ बजेर ३० मिनेटमा मृ’त्यु भएको हो।
असोज १८ गते प्रतिष्ठानकै ल्याबमा युवकको पिसिआर रिपोर्ट पोजिटिभ आएको उनले बताए। यससँगै उनलाई सोमबार मेडिसिन वार्डबाट प्रतिष्ठानकै कोभिड अस्पतालमा सारिएको थियो ।
युवकमा मृगौलासम्बन्धी पुरानै रोग रहेको बताएका चिकिस्तक श्रेष्ठले मेटाबोलिक एसिडोसिस रहेको बताए।
युवकको विहान मृ’त्यु भएपनि प्रतिष्ठानले बेलुकामात्र औपचारिक रुपमा जानकारी गराएको हो। यससँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृ’त्यु भएको छ।