प्रधानमन्त्री आइसोलेसनमा बस्नु पर्दैन-राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री केपी ओलीको पछिल्लो स्वास्थ्य स्थिति सार्वजनिक गर्दै, आइसोलेशनमा बस्नु पर्ने नपर्ने सरकारले औपचारिक जानकारी सार्वजनिक गर्न माग गरेका छन् ।

‘प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय हो,’ राणाले सोमबार ट्वीट गर्दै भने ।

प्रधानमन्त्रीका निकट सहयोगी र सल्लाहकारहरू कोरोना संक्रमित प्रमाणित भएपछिको अवस्थामा अध्यक्ष राणाले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सरकार प्रमुखको स्वास्थ्य अवस्थालाई लिएर जनतालाई सुुसूचित गर्ने विश्वव्यापी प्रचलन कायम रहेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री केपी ओलीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएबाट प्रधानमन्त्री स्वयमको स्वास्थ्य स्थिति, आइसोलेशनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो । विश्वव्यापी प्रचलन यस्तै छ,’ उनले ट्वीटमा उल्लेख गरेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com