मेलबर्न डर्बीमा सन्दीपको टिमको सहज जित

काठमाडौं। बिग बाश लिगको मेलबर्न डर्बी अन्तर्गत मेलबर्न रेनेगेड्सले मेलबर्न स्टार्ससँग पराजित भएको छ। मेलबर्नमा भएको खेलमा स्टार्स ७ विकेटले विजयी भएको हो।

१६९ रनको लक्ष्य पाएको स्टार्सले १८.४ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो। स्टार्सको जितमा कप्तान ग्लेन म्यासवेल र निक लार्किनले बलियो साझेदारी गरे। उनीहरुले ११५रनको साझेदारी गर्दै जित दिलाए। म्याक्सवेलले ४५ बलमा ७ छक्का र १ चौका प्रहार गर्दै ८३ रनमा नटआउट रहे। यस्तै हिल्टन कार्टराईटले ३५ रन बनाउँदा निक लार्किनले ३३ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रेनेडगेड्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । रेनेगेड्सका लागि ओपनर मार्कुस ह्यारिस र शन मार्शले बलियो साझेदारी गरेका थिए ।

पहिलो विकेटका लागि उनीहरुले ८६ रनको साझेदारी गरेका थिए । ह्यारिसले ४२ र मार्शले ६३ रन बनाएका थिए । बेउ वेबस्टरले २५, ड्यान क्रिस्चियनले १२ र टम कुपरले १५ रन बनाएका थिए । स्टार्सका लागि सन्दिप लामिछाने र नथान कुल्टर नाइलले २–२ विकेट लिए । ह्यारिस रउफले १ विकेट लिए ।

जितसँगै स्टार्स शीर्ष स्थानमा कायम रहेको छ। स्टार्सको ८ खेलमा ७ जितसहित १४ अंक रहेको छ। रेनेगेड्सलेभने जारी लिगमा एक खेल पनि जित्न सकेको छैन। रेनेगेड्स अंक तालिकाको पुछारमा रहेको छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com