उपत्यकामा १५३१ जना कोरोना संक्रमित ३ वर्षीय बालकसहित १२ जनाको मृ’त्यु
काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ११७८, ललितपुरका २५०, तथा भक्तपुरका १०३ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
यस्तै आज उपत्यकामा १२ जनाको मृ’त्यु भएको छ। मृत्यु हुनेमा ३ वर्षीय बालक सहित ८३ वर्षीया वृद्धा रहेका छन्। आज काठमाडौंमा ६ पुरुष र ३ महिला गरी ९ जनाका तथा ललितपुरमा बालक सहित ३ जनाको मृ’त्यु भएको छ।
भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट;१९ जनाको मृ’त्यु