भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट;१९ जनाको मृ’त्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार ८ सय ६३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार १ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार ५ सय २ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ ७ ८१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर २३ हजार ५ सय ७ जना कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ४ हजार ३३ रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ जनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५५४ पुगेको छ।