भारतमा आतंककारी आक्रमण, २ भारतीय सैनिकको मृ’त्यु

जम्मु काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा २ भारतीय सैनिक (सीआरपीएफ)को मृ’त्यु भएको छ । पुलवाको पामपोर क्षेत्रमा भएको भीडन्तमा उनीहरु मारिएका हुन् ।

एक्कासि भएको आक्रमण ५ जवान घाइते भएका थिए । घाइते ५ जनामध्ये २ जनाको उपचारका क्रममा मृ’त्यु भएको हो । घाइते अन्य ३ जवानको उपचार भैरहेको जनाइएको छ ।

आक्रमण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो । सीआरपीएफको ११० औं बटालियन र जम्मु कश्मीर पुलिसको संयुक्त टोलीमाथि आतंककारी आक्रमण भएको जनाइएको छ । अहिले सो क्षेत्रमा आक्रमणकारीको खोजी जारी रहेको जनाइएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com