ट्याक्टर दुर्घटनामा एकजनाको मृ’त्यु, दुई घाइते

गुल्मीरबार गाउँपालिकामा ट्याक्टर दुर्घटनामा एकजनाको मृ’त्यु भएको छ। दुईजना घाइते भएका छन्। सोमबार बिहान करिब ६ बजे गुल्मीदरबार–१ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा सोही ठाउँका १५ वर्षीय धनबहादुर माझीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। यस्तै‚ ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० वर्षीय रेशम ताम्राकार र गुल्मीदरबार–१ का १५ वर्षीय लालबहादुर बुढा मगर घाइते भएका छन्।

ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र उपचारका लागि मजुवा पठाइएको पन्थले जानकारी दिए। घाइतेहरुको अवस्था भने सामान्य रहेको छ। प्रहरी नायब उपरीक्षक पन्थका अनुसार ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by Nayabato.com